श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सन् २००८ जुलाई देखि लागु भई आएको समाजिक परिचालन कार्यक्रम यहि २०१८ डिसम्बर ३१ देखि अन्त्य भएको भनी श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामाजिक परिचालन तथा गै.स.सं. समन्वय शाखाको प.सं २०७४/७५, च. नं २५ र २६ बाट जानकारी प्राप्त हुन आएकोले यस सर्लाही जिल्लामा लागु सामाजिक परिचालन कार्यक्रम अन्त्य भएको जानकारी गराइन्छ । साथै यसै कार्यक्रम अन्तर्गत कार्यरत सम्पुर्ण सामाजिक परिचालहरूको पनि कार्यकाल अन्त्य भएको व्यहोरा दु:खका साथ जानकारी गराइन्छ । यस अवधीमा यहाँहरूले प्रदान गर्नुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौँ ।
मन्त्रालयको पत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।