सर्लाही जिल्लाको नामाकरण हेमपुर गाउँ विकास समितिमा रहेको “सर्लाही देवीको मन्दिर” बाट रहेको हो भन्ने स्थानीय बासीन्दाहरुको धारणा रहेको पाइन्छ। रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर त्यहाँ कोही पुग्दैनन्। सर्लाही देवीको मन्दिर वरिपरि अझै पनि वस्ती बसेको छैन।
सर्लाही जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्दछ। यस जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका हो र क्षेत्रफल १२५९ बर्ग कि. मि रहेको छ र २०६८ को जनगनणा अनुसार ७,६९,७२९ जनसंख्या रहेको छ।